समाज

चितवनको दियालो बंगला दरबार सर्वसाधारणका लागि खुल्ला गरिने

इकागज |
चैत ९, २०८० शुक्रबार १७:७ बजे

काठमाडौँ- आगामी वैशाख १५ गतेभित्र चितवनको दियालो बंगला दरबार सर्वसाधारणका लागि खुल्ला गरिने भएको छ ।

शुक्रबार चितवनमा नेपाल ट्रष्टको स्वामित्वमा रहेको दियालो बंगला सञ्चालन तथा व्यवस्थापनका लागि भरतपुर महानगरपालिका र नेपाल ट्रष्टबीच सम्झौता भएको हो । सम्झौतापछि भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले वैशाख १५ गते एक औपचारिक कार्यक्रम गरी सञ्चालनमा ल्याइने जानकारी दिइन् ।


प्रमुख दाहालले भरतपुर महानगरपालिका र नेपाल ट्रष्टको संयुक्त लगानीमा आवश्यक कामहरूलाई अगाडि बढाइने उल्लेख गरिन् । बंगलालाई संग्रहालयको रूपमा विकास गर्ने लक्ष्यका साथ महानगरपालिका अघि बढेको उनको भनाइ छ । भरतपुर भ्रमण वर्ष २०२४ को सन्दर्भमा दरबार खुल्ला गर्न लागिएको भन्दै उनले दरबार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकको अध्ययन तथा अनुसन्धानको थलो बन्ने विश्वास व्यक्त गरिन् ।

महानगरपालिकाले दियालो बंगला सञ्चालन गर्न ट्रष्ट गर्न महानगरपालिकासँग आग्रह गरेपछि ट्रष्टले ऐतिहासिक एवं सांस्कृतिक महत्वका सम्पदा अवलोकन तथा सञ्चालन कार्यविधि २०८० निर्माण गरेको थियो । ट्रष्टको स्वामित्वमा रहेको दियालो बंगला तत्कालीन राजा महेन्द्रले निर्माण गरेका थिए । विशेष गरी हिउँदमा चिसो छल्न राजा र राजपरिवारका सदस्य दियालो बंगलामा जाने गर्दथे । त्यसैले यो बंगलालाई शीतकालीन दरबार पनि भन्ने गरिन्छ ।


Author

थप समाचार
x