समाज

बाजुराको छेडेदह तालमा डुंगा पल्टिँदा युवक बेपत्ता

इकागज |
चैत ११, २०८० आइतबार १९:५० बजे

फाइल तस्बिर

बाजुरा- बाजुरा जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा रहेको पर्यटकीय स्थल छेदेदह तालमा डुंगा पल्टिँदा एक युवक बेपत्ता भएका छन् । 

बेपत्ता हुनेमा खप्तड छेडेदह गाउँपालिका-७ लमगाउँ बस्ने गणेश रावतका छोरा अन्दाजी ३२ वर्षका वीन्द्रबहादुर रावत रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । उनको खोजी भइरहेको प्रहरीको भनाइ छ । 



Author

थप समाचार
x