समाज

ढोलाहिटीमा दुई जनाको हत्या प्रकरण : १८ जना नियन्त्रणमा

इकागज |
चैत १२, २०८० सोमबार ८:३९ बजे

ललितपुर- ललितपुर महानगरपालिका–२६ ढोलाहिटीमा गएराति दुई जनाको हत्या आरोपमा १८ जना पक्राउ परेका छन् ।

राति नौ बजेको समयमा दुई समूहबीच झडप हुँदा दुई जनाको ज्यान गएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदी जानकारी दिए । घटनामा संलग्न भएको आरोपमा प्रहरीले गएराति नै १८ जनालाई नियन्त्रणमा लिएको हो ।


'राति ११ बजे पाटन अस्पतालमा घाइतेलाई ल्याएपछि प्रहरीलाई जानकारी भयो । तत्कालै घटनास्थलमा खटिएर केही व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने काम भइरहेको छ । घटनाको कारण खुल्न सकेको छैन' उनले भने ।

मृत्यु हुनेमा सुनसरी जिल्लाको धरान घर भई हाल ढोलहिटी बस्ने २८ वर्षीय रोवस राई र पाँचथर जिल्ला घर भई हाल खुमलटार बस्ने ३० वर्षीय पुजन राई रहेको प्रवक्ता सुवेदीले बताए । शव पाटन र सुमेरु अस्पतालमा राखिएको छ ।

र, यो पनि


Author

थप समाचार
x