समाज

होली खेल्ने क्रममा ललितपुरमा ग्याङ फाइट, दुई जनाको मृत्यु

इकागज |
चैत १२, २०८० सोमबार ७:४० बजे

काठमाडौँ- ललितपुरको ढोलाहिटीमा होली खेल्ने क्रममा दुई समूहबीच झडप हुँदा दुई जनाको मृत्यु भएको छ । गएराति करिब ११ बजे ललितपुर महानगरपालिका-२६ ढोलाहिटीमा दुई पक्षबीच झडप भएर छुरा प्रहार हुँदा दुई जनाको ज्यान गएको हो ।

पाँचथर घर भई ढोलाहिटी बस्ने २८ वर्षीय रोबर्ट राई र सुनसरी घर भई ढोलाहिटी बस्ने ३० वर्षीय पुजन राईमाथि छुरा प्रहार हुँदा मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले बताए । 


पुजनको शव सुमेरु अस्पताल र रोबर्टको पाटनमा राखिएको छ ।

सुवेदीका अनुसार उनीहरूबीच के विषयमा झडप भएको भन्ने खुलेको छैन । प्रहरीले गएराति नै १८ जनालाई नियन्त्रणमा लिएको छ ।


Author

थप समाचार
x