समाज

पक्राउ परेका व्यक्ति अस्पताल बस्ने गरेको बारे गृहले माग्यो मेडिकल काउन्सिलसँग राय

इकागज |
चैत १५, २०८० बिहीबार १८:३९ बजे

काठमाडौँ- गृह मन्त्रालयले पक्राउ परेका व्यक्ति उपचारका नाममा अस्पताल बस्ने गरेको प्रति नेपाल मेडिकल काउन्सिलसँग राय मागेको छ ।

गृहले नेपाल मेडिकल काउन्सिललाई एक पत्र लेख्दै पक्राउ परेका व्यक्तिका लागि चिकित्सा सेवा उपलब्ध गराउनेबारे विभिन्न देशले गरेका कानुनी प्रबन्ध, नेपालमा विद्यमान कानुनी प्रबन्ध र अभ्यास तथा चिकित्सकीय सहायताका लागि असामान्य र अविश्वसनीय सिफारिस गर्ने चिकित्सक र भर्ना लिने अस्पताललाई काउन्सिलको आचार संहिता आकर्षित हुने नहुनेबारे राय मागेको छ ।



Author

थप समाचार
x