समाज

सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु

इकागज |
चैत १६, २०८० शुक्रबार १८:३ बजे

डोटी- नुहाउने क्रममा सेती नदीमा डुबेर डोटीमा एक किशोरको ज्यान गएको छ । 

दिपायल सिलगढी नगरपालिका-१ तिखा पैरेकुडाका १८ वर्षीय महेश खड्काको शुक्रबार दिउँसो १२:४० बजेतिर सेती नदीमा डुबेर मृत्यु भएको हो ।


सोही नगरपालिकाको वडा नम्बर ३ बासुधारास्थित सेती नदीमा नुहाउने क्रममा खड्काको डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव निरीक्षक नारायण सिं नेगीले जानकारी दिए ।


Author

थप समाचार
x