समाज

सेफ्टी ट्यांकमा निसासिएर एक जनाको मृत्यु

इकागज |
चैत १७, २०८० शनिबार २०:९ बजे

जनकपुरधाम- धनुषाको धनुषाधामस्थित सार्वजनिक शौचालयको सेफ्टी ट्यांक सरसफाइ गर्ने क्रममा निसासिएर एक मजदुरको मृत्यु भएको छ ।

सफा गर्न सेफ्टी ट्यांकमा पसेका स्थानीय अन्दाजी ४५ वर्षीय ठेकु मल्लिक (डोम) को निसासिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।


स्थानीय विनय यादवका अनुसार नगरपालिकाले तलब भत्ता नतोकेपछि काम छाडेका ठेकु आज काममा गएका थिए । उनको मृत्यु भएको खबर आएपछि मात्रै परिवारले ठेकु काममा गएको जानकारी पाएको विनयले बताए ।

प्रहरीले शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाएको छ ।


Author

थप समाचार
x