समाज

हावाहुरीबाट सम्पादक समाजको भवनमा क्षति

इकागज |
चैत १८, २०८० आइतबार २१:४० बजे

नुवाकोट- शनिबार साँझ आएको हावाहुरीका कारण सम्पादक समाज नेपालको 'गोविन्द वियोगी पत्रकारिता अध्ययन केन्द्र' मा व्यापक क्षति पुगेको छ । 

नुवाकोटको  शिवपुरी ७, सुइरेचौरमा निर्माण भएको भवनको माथिल्लो तल्लामा रहेको पोलिकार्बनेट छाना र ट्र्ष्ट उडाएर २०० मिटर पर पुर्याएको छ भने २००० लिटर क्षमताका पानी ट्याङ्की पूर्ण रूपमा नष्ट भएका छन् ।


निर्माण सम्पन्न भएको उक्त भवनमा भएको क्षतिले अध्ययनका लागि जाने पत्रकारहरूलाई असुविधा पुगेको छ ।

समाजका महासचिव श्याम डोटेलले प्रारम्भिक सर्वेक्षणमा करिब १० लाख बराबरको क्षति जानकारी दिए । उनका अनुसार प्राविधिक अनुगमनबाट क्षतिको मात्रा अझै बढ्न सक्छ ।


Author

थप समाचार
x