समाज

इतिहासमा अप्रिल ७

इकागज |
चैत २५, २०८० आइतबार ८:८ बजे

काठमाडौँ- आज चैत २५ गते अर्थात अप्रिल ७ । आजको दिन इतिहासमा विभिन्न घटनाहरू भए । ति घटनाबारे जानकारी दिन गइरहेका छौँ ।​

नेपालमा २०६२ चैत २२ गतेदेखि जनआन्दोलन सुरू भएको थियो । चैत २५ गते प्रहरीले पाटन र कीर्तिपुरमा आन्दोलनकारीमाथि रबरको गोली चलाउँदा तीन जना घाइते भएका थिए । आम हड्‌तालको समर्थनमा नेपाल राष्ट्र बैंक र राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीद्वारा कार्यालयको काम ठप्प पारेका थिए भने सरकारी स्वामित्वमा रहेका नेपाल टेलिकम र नेपाल विद्युत प्राधिकरणको कर्मचारीद्वारा लोकतन्त्रको पक्षमा नाराजुलुस गरिएको थियो ।


त्यस्तै सन्‌ १८६२ अप्रिल ७ मा जनरल युलिसिस एस. ग्रान्ट र मेजर जनरल डन कार्लोस बुएलको नेतृत्वमा संघ सेनाले टेनेसीको शिलोहको युद्धमा कन्फेडेरेटहरूलाई पराजित गरेको थियो ।

सन्‌ १९२२ अप्रिल ७ मा अमेरिकामा टीपोट डोम घोटालाको सुरुवात भएको थियो । जब आन्तरिक सचिव अल्बर्ट बी फलले वायोमिङ र क्यालिफोर्नियामा अमेरिकी नौसेनाको पेट्रोलियम भण्डारहरू तेलकर्मी ह्यारी एफ सिन्क्लेयर र एडवर्ड एल डोहेनीलाई नगदको सट्टामा भाडामा दिने गोप्य सम्झौतामा हस्ताक्षर गरेका थिए ।

सन्‌ १९४५ अप्रिल ७ मा दोस्रो विश्वयुद्धको दौडानमा अमेरिकी विमानहरूले जापानी जहाजलाई नष्ट गरेको थियो । जसमा यामाटो नामक युद्धपोत पनि समावेश थियो, जुन आत्मघाती अभियानमा ओकिनावातर्फ गइरहेको थियो ।

सन्‌ १९५९ अप्रिल ७ माओक्लाहोमा जनमत संग्रह गर्दै मादक पेयमा राज्यको प्रतिबन्ध रद्द गरेको थियो ।

सन्‌ १९९४ अप्रिल ७ मा रुवान्डामा गृहयुद्ध सुरु भएको थियो । त्यसको एक दिनपछि एक रहस्यमय विमान दुर्घटनाले रुवान्डा र बुरुन्डीका राष्ट्रपतिहरूको ज्यान लिएको थियो ।


Author

थप समाचार
x