समाज

इतिहासमा आज : त्यो शक्तिशाली भूकम्प

इकागज |
बैशाख १२, २०८१ बुधबार ८:१४ बजे

काठमाडौँ- आज बैशाख १२ गते अर्थात अप्रिल २४ । आजको दिन इतिहासमा विभिन्न घटनाहरू भए । ति घटनाबारे जानकारी दिन गइरहेका छौँ ।​

विसं २०७२ वैशाख १२ गते नेपालमा शक्तिशाली भूकम्प गयो । बिहान ११:५६ बजे गएको ७.८ रेक्टरस्केलको भूकम्पले करिब ९ हजार जनाले ज्यान गुमाए भने हजारौँ घाइते भएका थिए । गोरखाको बारपाकमा केन्द्रविन्दु भएपनि सबैभन्दा बढी मानविय क्षति भने सिन्धुपाल्चोकमा भएको थियो । सिन्धुपाल्चोकमा मात्रै ३ हजार पाँच सय बढीले ज्यान गुमाएका थिए ।


सन्‌ १९६० अप्रिल २४ मा बिलोक्सी मिसिसिपीमा दंगा भड्किएको थियो । प्रदर्शन गरिरहेका अश्वेत प्रदर्शनकारीहरूलाई गोरा मानिसहरूको भीडले आक्रमण गरेपछि सयौंले ज्यान गुमाएका थिए ।

सन्‌ १९६२ अप्रिल २४ मा म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीले क्याम्प पार्क क्यालिफोर्निया र वेस्टफोर्ड म्यासाचुसेट्सबीचको टेलिभिजन सिग्नलको पहिलो स्याटेलाइट रिले हासिल गरेको थियो ।

सन् १९६७ अप्रिल २४ मा सोभियत अन्तरिक्ष यात्री भ्लादिमिर कोमारोभको मृत्यु भयो ।

सन् १९७३ अप्रिल २४ मा भारतको महाराष्ट्रमा भारतीय क्रिकेटर सचिन तेन्दुलकरको जन्म भएको थियो ।

सन् २०१३ अप्रिल २४ मा बंगलादेशमा निर्माण गरिएको आठ तले व्यावसायिक भवन भत्किँदा १ हजार १ सयभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो ।


Author

थप समाचार
x