समाज

इतिहासमा आज

इकागज |
बैशाख ३, २०८१ सोमबार ९:३ बजे

काठमाडौँ- आज बैशाख ३ गते अर्थात अप्रिल १५ । आजको दिन इतिहासमा विभिन्न घटनाहरू भए । ती केहि महत्वपूर्ण घटनाबारे जानकारी दिन गइरहेका छौँ ।

सन् १९१७ अप्रिल १५ मा १७ वर्ष लामो निर्वासनपछि रुसी कम्युनिस्ट क्रान्तिकारी नेता भ्लादिमिर लेनिन स्वदेश फिर्ता भएका थिए । लेनिन अर्को वर्ष रुसी सोभियत संघीय समाजवादी गणतन्त्र (एसएफएसआर) को नेता बनेका थिए भने सन् १९२२ पछि उनी सोभियत संघको पहिलो प्रधानमन्त्री बनेका थिए ।


त्यस्तै सन् २००३ अप्रिल १५ मा १० नयाँ सदस्य राष्ट्र युरोपेली संघमा प्रवेश गरेका थिए । 

सन् २०१४ अप्रिल १५ मा इन्चोनबाट चेच्युतर्फ जाँदै गरेको दक्षिण कोरियाली डुंगा दुर्घटना हुँदा डुंगामा सवार ३०४ जनाको मृत्यु भएकव थियो ।

त्यसैगरी सन् २००७ अप्रिल १५ मा संयुक्त राज्य अमेरिकामा सबैभन्दा घातक सामूहिक गोलाबारीको घटनामा ब्ल्याक्सबर्ग, भर्जिनिया, भर्जिनिया टेकको क्याम्पसमा आक्रमणकारीसहित ३३ जनाको मृत्यु भएको थियो ।


Author

थप समाचार
x