समाज

चन्द्रागिरि नगरपालिकाद्वारा आगलागी नियन्त्रण गर्न दमकलसहित नगर प्रहरी परिचालन

इकागज |
चैत २६, २०८० सोमबार २१:३२ बजे

काठमाडौँ- चन्द्रागिरि नगरपालिकाले सतुङ्गलस्थित सशस्त्र प्रहरीको गोदाममा (स्टोर रुममा) लागेको आगलागी नियन्त्रणका लागि आफूसँग रहेको दमकल, नगर प्रहरीसहित अन्य सामग्रीमा प्रयोगमा ल्याइरहेको छ । 

नगरप्रमुख घनश्याम गिरीले आगलागी भएको घटना थाहा पाउना साथ आगो नियन्त्रणका लागि नगरपालिकाको दमकल, नगरप्रहरी, अन्य सामग्री र स्थानीय पानी ट्याङ्करसहित स्थानीयवासी  परिचालन भइराखेको जानकारी दिए । उनले भने, 'म अहिले आगलागी क्षेत्रमै छु, आगो नियन्त्रणका लागि दमकलसहित अन्य सामग्री प्रयोग भइराखेका छन् । आसपासमा घर सुरक्षित रहेका छन् । म स्थानीयवासीले पुर्याउनुभएको सहयोगलाई धन्यवाद दिन चाहन्छु ।'


उनले आगो नियन्त्रणका लागि नगरपालिकाको दमकल सर्वप्रथम घटनास्थलमा पुगेको जानकारी दिए । नगरपालिकाका प्रशासकीय अधिकृत हेमराज अर्यालले आगो नियन्त्रणका तत्काल नगरपालिकाको दमकल पुगेको बताए । अहिले नौ वटा दमकलसहित सुरक्षाकर्मी परिचालन गरिएको छ । आगो अझै नियन्त्रणमा आउन नसकेको बताइएको छ । रासस


Author

थप समाचार
x