समाज

खानेपानीको चरम अभाव भएको भन्दै प्रदर्शन

इकागज |
चैत २९, २०८० बिहीबार १४:२१ बजे

काठमाडौँ- खानेपानीको चरम अभाव भएको भन्दै खानेपानी व्यवस्थापन संघर्ष समितिले काठमाडौँको जडिबुटी क्षेत्रमा प्रदर्शन गरेको छ ।

खहरे-जडिबुटी क्षेत्रमा खानेपानीको चरम अभाव भएकाले तत्काल खानेपानीको पाइप लाइन बिछ्याइ खानेपानीको व्यवस्था गर्नुपर्ने भन्दै उनीहरूले प्रदर्शन गरेका हुन् ।


खानेपानीको पाइप राख्ने आश्वासन लामो समयदेखि पाएपछि अझैसम्म पाइप समेत बिछ्याउने काम नभएको भन्दै उनीहरूले आक्रोश व्यक्त गरेका छन् ।

उनीहरूले आगामी वैशाख १५ गतेभित्र पाइप बिछ्याएर खानेपानी उपलब्ध गराउन माग गरेका छन् । संविधानमा स्वच्छ खानेपानीको अधिकार रहे पनि त्यसलाई सरकारले बेवास्ता गर्दै आफूहरूलाई खानेपानीबाट वञ्चित गराएको उनीहरूको गुनासो छ । 


Author

थप समाचार
x