समाज

प्रहरीका १९ जना डीएसपीहरूको पदस्थापन

इकागज |
बैशाख ४, २०८१ मंगलबार ६:४२ बजे

काठमाडौँ- प्रहरीको जनपदतर्फ इन्स्पेक्टरबाट डीएसपीमा बढुवा नियुक्ति भएका १९ जनालाई पदस्थापन गरिएको छ । सोमबार प्रहरी महानिरीक्षक वसन्त कुँवरले उनीहरूलाई पदस्थापन गर्ने निर्णय गरेका हुन् । 

गृह मन्त्रालय (सचिवस्तर) को मिति २०८०/१२/३० गतेको निर्णयानुसार मिति २०८०/१२/२८ गतेबाट लागू हुने गरी जनपद प्रहरी समूहतर्फको प्रहरी निरीक्षक पदबाट प्रहरी नायव उपरीक्षक पदमा बढुवा नियुक्ति भएका थिए ।



 


Author

थप समाचार
x