समाज

झुटो अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ

इकागज |
बैशाख २०, २०८१ बिहीबार १०:५७ बजे

तस्विरः फाइल फोटो

काठमाडौँ- (जीबी) राईको ‘हत्या’ भएको दाबी गर्ने डिल्लीराम खनाललाई प्रहरीले पक्राउ गरेको छ । उनलाई मंगलबार काठमाडौँबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले इकागजलाई जानकारी दिए । उनका अनुसार झूटा अफबाह फैलाएको आरोपमा पक्राउ गरिएको हो ।

खनालले जीबी राईको हत्या भएको दाबी गरेर सामाजिक सञ्जाल ‘युट्युब’मा अन्तर्वार्ता दिएका थिए । उनीविरुद्ध विद्युतीय अपराधअन्तर्गत झुटा अफवाह फैलाउन नहुने कसुरमा म्याद लिएर अनुसन्धान भइरहेको उनले जानकारी दिए ।



Author

थप समाचार
x