समाज

बुढी गण्डकी उर्लिँदा : उत्तरी गोरखामा चार घर बग्यो

इकागज |
असार २, २०७८ बुधबार १६:५९ बजे

काठमाडौँ  : लगातारको झरीसँगै बुढी गण्डकी नदीमा आएको बाढीको कारण उत्तरी गोरखामा चार घर बगाएको छ । जिल्लाको चुमनुब्री गाउँपालिका ३ सल्लेरीमा ४ घर बगाएको, ७ घर र नेपाली सेनाको निर्माण कार्यदलको बेसक्याम्प उच्च जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । 

जोखिममा रहेका र विस्थापित स्थानीयलाई स्थानीय आमा समूहको भवनमा राखिएको छ । त्यस्तै सल्लेरीकै बुद्धि गुरुङको एउटा बंगुर र हिमचुली कृषि समूहको जस्तापाता पनि बुढी गण्डकी नदीले बगाएको प्रहरीे जनाएको छ । लार्के सडक निर्माणमा जुटेको नेपाली सेनाको क्याम्प नै जोखिममा परेपछि उनीहरु अहिले वडा अध्यक्ष रामबहादुर गुरुङ घरमा बसेका छन् ।  



Author

थप समाचार
x