समाज

चार एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस

इकागज |
जेठ ५, २०८१ शनिबार ७:१८ बजे

काठमाडौँ- नेपाल प्रहरीका चार जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी)मा बढुवा गर्न सिफारिस भएका छन् । शुक्रबार राति गृह मन्त्रालयले डीआईजीमा बढुवा गर्न सिफारिस गरेको हो ।

सिफारिस हुनेहरूमा एसएसपी कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, डा. मनोजकुमार केसी र राजन अधिकारी रहेका छन् ।


नक्कली भुटानी शरणार्थी प्रकरण चरम उत्कर्षमा पुगेको बेला कार्की जिल्ला प्रहरी परिसर काठमाडौँको प्रमुख थिए भने केसी उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुख थिए । तर कांग्रेस सभापति शेरबहादुर देउवाको दबाबमा कार्की र केसीको जिम्मेवारी खोसिएको थियो ।

हाल गृहमन्त्री राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने छन् ।


Author

थप समाचार
x