राजनीति

सुन तस्करी प्रकरणः अनुसन्धान प्रतिवेदनमा कमजोरी देखिएको भन्दै गृहले बनायो अर्को समिति

इकागज |
चैत ११, २०८० आइतबार १२:५१ बजे

फाइल तस्बिर

काठमाडौं - गृह मन्त्रालयले सुन तस्करी जाँचबुझ आयोगले दिएको प्रतिवेदनमा कमजोरी देखिएको भन्दै अर्को समिति गठन गरेको छ । ६० किलो सुन तस्करी र भेपमार्फत भएको सुन तस्करीको अनुसन्धानमा कमजोरी देखिएपछि गृह मन्त्रालयले छानबिन समिति बनाएको हो । 

समितिमा प्रहरी प्रवक्ता डीआईजी भीमप्रसाद ढकाल र गृह मन्त्रालयलकै अर्का उपसचिव रामबहादुर शाही सदस्य छन् । 


आयोगका अध्यक्ष डिल्लीराज आचार्यले चैत १ मा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई छानबिन प्रतिवेदन बुझाएका थिए ।

सुन तस्करी प्रकरणको अनुसन्धानमा लापारबाही गरेको प्रतिवेदन आयोगले दिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रमुख एआईजी किरण बज्राचार्य र दुई डीएसपीलाई त्यहाँबाट हटाइएको थियो । 

उनीहरूमाथि थप कारबाही गर्न मन्त्रालयले कानुन महाशाखाका सहसचिव भरतमणि रिजालको नेतृत्वमा तीन सदस्यीय समिति बनाएको छ । मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आयोगले सिफारिस गरेकै प्रतिवेदनलाई थप ‘भेरिफाई’ गर्न समिति बनाइएको हो ।


Author

थप समाचार
x