समाज

डिआईजी सुरेन्द्र मैनालीले लिए प्रहरी सेवाबाट अवकाश

इकागज |
जेठ ९, २०८१ बुधबार १६:५२:३० बजे

काठमाडौँ - नेपाल प्रहरी शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक सुरेन्द्र प्रसाद मैनालीले  प्रहरी सेवाबाट अवकाश लिएका छन्।  

उमेर हदका कारण उनले सेवाबाट अनिवार्य अवकाश लिएका हुन् । नेपाल प्रहरी शिक्षालयमा औपचारिक कार्यक्रम आयोजना गरी उनको बिदाइ गरिएको हो । 


बिदाइ कार्यक्रममा शिक्षालयका प्रहरी नायब उपरीक्षक अन्जना श्रेष्ठले बिदाइ भएर गएका प्रहरी नायव महानिरीक्षकलाई शिक्षालयको तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो । 

मैनालीले समाजमा अपराध नियन्त्रण गर्ने, अपराधको प्रभावकारी अनुसन्धान गरी शान्ति सु(व्यवस्था कायम गर्ने महत्वपूर्ण जिम्मेवारी बोकेको यस पवित्र संगठनमा सेवा गर्न पाउनु नै एउटा नागरिकको लागि गर्वको कुरा हो भएको बताए । 

उनले प्रहरी संगठनमा करिब २८ बर्ष ०६ महिना १३ दिन सेवा गरेका थिए ।,  


Author

थप समाचार
x