समाज

प्रहरीको प्रारम्भिक निष्कर्ष : प्रहरी जवान गोलेले आफैंलाई हानेका थिए गोली

इकागज |
असार ५, २०८१ बुधबार १२:२ बजे

तस्विरः फाइल फोटो

काठमाडौँ- संसद्‌ भवनभित्र मृत अवस्थामा भेटिएका प्रहरी जवानले आत्महत्या गरेका छन् । नयाँ बानेश्वरस्थित संसद्‌ भवनको ड्युटीमा खटिएका दोलखाको मेलुङ गाउँपालिका-४ घर भएका प्रहरी जवान २२ वर्षीय अजित गोलेले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो ।

गोले आफैंले बोकेको इन्सास राइफलले आफैंलाई गोली हानेको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।


एसपी अधिकारीका अनुसार गोलेले आफ्नै निधारमा गोली हानेका हुन् । उनको शव बुधबार बिहान संसद्‌ भवनको पश्चिमतर्फको २ नम्बर गेटको बायाँतर्फ रहेको शौचालयमा भेटिएको थियो । सबा ८ बजे उनी मृत अवस्थामा फेला परेका थिए ।

उनी आजै बिहान ६ बजेदेखि १० बजेसम्मको ड्युटी पालोमा २ नम्बर गेटमा हतियारसहित सुरक्षार्थ खटिएका थिए । प्रहरीको केन्द्रीय विशेष कार्यदलमा कपन दरबन्दी रही उनी संसद भवनमा खटिँदै आएका थिए ।

गोलेको आत्महत्या प्रकरणमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

र, यो पनि

 

 


Author

थप समाचार
x