फुटबल

एनएसएलको ५० औँ खेलमा झापा र ललितपुरको बराबरी

इकागज |
मंसिर २९, २०८० शुक्रबार १९:६ बजे

काठमाडौँ- दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत ललितपुर सिटी एफसीले अंक बाँडेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार साँझ भएको खेलमा ललितपुरले झापा एफसीसँग गोलीरहित बराबरी  खेलेको हो ।


ललितपुर र झापाबीचको खेल समग्रमा एनएसएलको ५० औँ खेल हो । यसअघिको पहिलो संस्करणमा समग्रमा २५ खेल भएको थियो । जारी सिजनमा भने २५ खेल पूरा भएको छ ।

बराबरीसँगै ६ खेलबाट १० अंक जोडेको ललितपुर तालिकाको दोस्रो स्थानमा यथावत् छ । शीर्ष स्थानको धनगढी एफसीको भने ५ खेलमा ११ अंक छ ।

झापाले ६ खेलबाट ७ अंक जोडेको छ ।


Author

थप समाचार
x