समाज

उपत्यकामा निषेधाज्ञा खुकुलो पार्ने बेला भएकै हो ?

नेपालमा वैशाख दोस्रो सातादेखि अल्फाको परिवर्तित भेरियन्ट थियो

अतिन आचार्य |
असार ७, २०७८ सोमबार २०:२० बजे

काठमाडौँ :  काठमाडौँ उपत्यकामा निषेधाज्ञा खुकुलो भएको भोलिपल्ट स्वास्थ्य जनसंख्या मन्त्रालयले भेरियन्टको नयाँ स्वरुपको विकास भएको घोषणा सूचना जारी गरेको छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा फरक भेरियन्टका रुपमा अल्फा (बीवानवानसेभेन)  र डेल्टा (बीवानसिक्ससेभेन्टिनटू) भेरियन्टको रुपमा कप्पा भेरियन्ट (बीवानसिक्ससेभेन्टिनवान) पुष्‍टि भएको छ । यो भेरियन्ट बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिहरूलाई प्रभाव पार्ने खालको छ ।

मानिसको जनजीजन प्रभावित हुने भएकाले क्षेत्र र समय तोकेर निषेधाज्ञा खुकुलो गर्ने निर्णय गर्ने काठमाडौँ उपत्यकाका तीन वटा जिल्ला प्रशासन कार्यालयले जनाएका छन् । समय तोकेर र जनस्वास्थ्यको मापदण्ड कडाइका साथ पालना गर्न पनि आग्रह गरेको छ ।


उपत्यकामा केही साता यता कोभिड-१९ को संक्रमण घट्दै गएको छ । संक्रमण घटेसँगै निषेधाज्ञा पनि लुज बनाउने घोषणा गरिएको छ । काठमाडौँ उपत्यकामा सक्रिय संक्रमित दश हजार ७५३ छन् । काठमाडौँलगायत अन्य जिल्लामा अहिले पनि कोभिडको जोखिम छ ।

पाँच सयभन्दा बढी सक्रिय संक्रमित रहेको ठाउँ सधैँभरि जोखिममा हुन्छन् । जोखिममा रहँदा खुकुलो गरिएको निषेधाज्ञाले कोभिडको जोखिम बढ्ने उच्च सम्भावना छ । निषेधाज्ञा खुकुलो गरेसँगै उपत्यकामा कोभिडको जोखिमको घटेको नै हो त ? उपत्यकामा बसेका अधिकांश मानिसहरू खोपबाट वञ्‍चित छन त्यस्ता मानिसहरूको बढी आवातजावत हुने भएकाले कोभिड पुनः फैलन सक्ने संभावना ज्युँदैछ। संक्रमण घट्दैमा निषेधाज्ञा खोल्नु घातक जस्तै हुने पनि देखिएको छ  ।

मानिसको आवतजावत बढी हुने र जनस्वास्वास्थ्यको मापदण्ड पालना नहुने भएकाले कोभिडको जोखिम घटेको छैन । सामान्यतया मानिसहरू बाहिर निस्कँदा जनस्वास्थ्यको मापदण्ड पालना गर्दैनन् । पहिलो डोज र दोस्रो डोज लगाएका मानिसलहरूले कोभिडविरुद्धको खोप लगाएकाले मास्क नलगाइ हिड्न थालेका छन् ।

कोभिड नियन्त्रणमा खोपको मुख्‍य भूमिका

निषेधज्ञा खुकुलो भए पनि सामान्यतया जनस्वास्थ्यको मापदण्ड पालना नभएमा कोभिडको तेस्रो लहर बढ्ने सक्ने विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् । सामाजिक दूरी कायम नगरेमा स्वास्थ्यको मापदण्ड पालना गर्न नसकिएमा पुनः कोभिडले भयावह लिन सक्ने इपिडिमियोलोजिष्ट डा. अर्चना श्रेष्‍ठ बताउँछिन् ।

'हेलचेक्रयाइ गरेमा पुन संक्रमण बढन सक्छ, पहिलेको जस्तो अवस्थामा पुग्नलाई तीन महिना लाग्छ,' उनी भन्छिन,' निषेधाज्ञा गरेकाले संक्रमणदर रोक्नलाई धेरै सहयोग गरेको हो ।'  

नेपालमा कोभिड पिकमा पुगेर डाउन हुँदै गएको डा. श्रेष्‍ठले बताइन् । निषेधाज्ञाको प्रभाव परेकाले पिकमा पुगेको संक्रमण घटेको उनको दाबी छ । कोभिड नियन्त्रण र मृत्युदर कम गर्नका लागि खोपको मुख्य भूमिका हुने उनले बताइन् ।

उनले अधिकतम मात्रामा खोप लगाउने सकेमा मात्र आम नागरिकलाई सुरक्षित राख्‍न सकिने तर्क गरिन् । कोभिडको दोस्रो लहर देखिएको समयमा अल्ट्रा भेरियन्ट देखिइसकिएकोले जोखिम बढीरहेको उनको भनाइ छ । उनी यसको संक्रमणदर फैलने गति तीव्र रहेको बताउँछिन् ।

कोभिडको संख्यामा मात्र घट्यो जोखिम बाँकी नै छ

पछिल्लो समय संक्रमणदर घटे पनि उपत्यकामा कोभिडको जोखिम नटरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेल बताउँछन् । सधैभरि निषेधाज्ञा गरेर पनि नहुने भएकाले जनस्वास्थ्यको मापदण्ड पालना गराउँदै जनजीवन सहज बनाउनुपर्ने उनको भनाइ छ ।

उनका अनुसार अल्फा भेरियन्ट कोभिडको दोस्रो वेभ सुरु भएपछि नेपालमा देखिएको थियो । वैशाख दोस्रो सातादेखि जेठको दोस्रो सातासम्म विभिन्न ठाउँको नमूना परीक्षण गर्दा अल्फाको परिवर्तित भेरियन्ट देखा परेको हो ।

निषेधाज्ञा खुकुलो भएकाले कोभिड नियन्त्रण गर्ने नागरिकको हातमा आएको उनले बताए । खोप लगाउने कार्यक्रमलाई पनि निरन्तरता दिइरहेको उनले जानकारी दिए । खोप आयातका लागि खरिद प्रक्रिया अगाडि बढाउन विभिन्न माध्यमबाट वार्ता भइरहेको पौडेलले जानकारी दिए । कोभिड नियन्त्रण गर्न खोपलाई पहिलो प्राथमिकताम राखिएको उनको भनाइ छ ।

प्रशासनको बजार अनुगमन 

निषेधाज्ञालाई खुकुलो बनाए पनि नागरिकलाई सहजै आवतजावत गर्न नदिने काठमाडौँ जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद रिजाल बताउँछन् । प्रशासनले तोकेको मापदण्ड भन्दा बाहिर गए कारबाही गरिने उनले जानकारी दिए।

'प्रशासनले तोकेको समय भन्दाअघि कुनै पनि पसल खोल्न नदिने तयारी गरी सुरक्षाकर्मी परिचालन गरिन्छ,' पराजुली भन्छन्,'प्रशासनको निर्देशन पालना नगरेमा कारबाही गरिन्छ ।'

बजार अनुगमनका गर्न सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्त्वमा एक समिति बनाइएको उनले जानकारी दिए । निषेधाज्ञा गरेर कोभिड नियन्त्रणमा आएको उनको भनाइ छ । प्रशासनको निर्देशन उल्लंघन गरेको जस्तो भएमा पुनः निषेधाज्ञा गरिने उनले सुनाए ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x