समाज

अन्तरराष्ट्रिय उडानमा चर्को भाडा लिएको गुनासोपछि मन्त्रालयले बनायो छानबिन समिति

इकागज |
असार ७, २०७८ सोमबार २०:३७ बजे

काठमाडौँ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अन्तरराष्ट्रिय उडानमा चर्को भाडाको लिएको गुनासो परेपछि पाँच सदस्य समितिको छानबिन समिति बनाएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक राजन पोख्रेलको संयोजकत्त्वमा समिति बनाएको छ मन्त्रालयले जारी गरिएको विज्ञप्‍तिमा उल्लेख छ । विभिन्‍न ट्राभल एजेन्सीहरूले तोकिएको भाडादरभन्दा अत्यधिक चर्को भाडा असुल गरेको गुनासो परेपछि सम्बन्धित निकायमा कानुनी कारबाही गर्न समिति बनाएको हो ।


२०७८/०१/१९ को मन्त्रिपरिषद्को बैठकअनुसार अन्तरराष्ट्रिय उडान सुरु भएको थियो । पछिल्लो समय कतार, टर्की र चीनका लागि नियमित उडान खोल्ने अनुमति दिएको थियो । नियमित उडान नहुँदा वैदेशिक रोजगारमा जानेहरूले एक लाख ७० हजार रुपैयाँ तिरेर नेपाली कामदार गन्तव्य मुलुकतर्फ गइरहेका छन् ।


Author

थप समाचार
x