समाज

गृहको निर्देशनः लामो दूरीका सार्वजनिक यातायातले जीपीएस ट्रयाकिङ र सीसीटीभी जडान गर्नुपर्ने

इकागज |
साउन ३१, २०८१ बिहीबार १३:० बजे

फाइल फोटो

काठमाडौँ - अब देखि सार्वजनिक यातायातले जीपीएस ट्रयाकिङ जडान गर्नु पर्ने भएको छ । गृह मन्त्रालयले सुरक्षित र भरपर्दो बनाउन यातायात व्यवसायीलाई ११ बुँदे निर्देशन दिएको छ । मन्त्रालयले बुधबार यातायात व्यवसायी राष्ट्रिय महासंघलाई पत्र लेख्दै सिमलताल घटना अध्ययन प्रतिवेदनको सुझाव कार्यान्वयन गर्न भनेको हो । 

यातायात व्यवसायीले यात्रुहरूलाई टिकट काटेरमात्र यात्रा गराउने, अनलाइन टिकट प्रणालीको विकास गर्ने तथा यात्रुको पहिचान खुल्ने कागजात लिएर मात्र यात्रा गराउने, सवारी साधनमा जीपीएस ट्याकिङ प्रणाली जडान गर्ने, सवारीमा सीसीटीभी र ट्रान्सपोण्डरको व्यवस्था गर्ने लगायतका ११ बुँदे  निर्देशन दिएको हो । 


असार २८ गते नारायणगढ–मुग्लिङ सडक खण्डको भरतपुर महानगरपालिका वडा नम्बर २९ मा पहिरोले दुई वटा बस बगाएपछि गृह मन्त्रालयका सहसचिव छवि रिजालको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । 


Author

थप समाचार
x