समाज

प्रहरीको इन्सपेक्टर र असईमा ३२० जनालाई जागिर खुल्यो

इकागज |
भदौ २८, २०८१ शुक्रबार ८:५६ बजे

काठमाडौँ- नेपाल प्रहरीमा जागिर खुलेको छ । नेपाल प्रहरीमा प्रहरी निरीक्षक (इन्सपेक्टर) ६४ जना र प्रहरी सहायक निरीक्षक (असई) पदमा २५६ जना गरी ३२० जनाका लागि नयाँ भर्ना खुलेको हो ।

दरखास्त दिने म्याद यही भदौ ३० गतेदेखि असोज ३० गतेसम्म तोकिएको छ ।


दुवै पदमा अमर/अशक्त प्रहरी परिवार, महिला, आदिवासी जनजाती, मधेशी, दलित, पिछडिएको क्षेत्रका लागि कोटा छुट्याइएको छ ।


Author

थप समाचार
x