समाज

घरमा विषालु सर्प पसेपछि अर्घाखाँचीको झन्द्रेक गाउँ आतंकित

इकागज |
असार १४, २०७८ सोमबार ११:२९ बजे

फोटो स्रोत : पत्रकार रविन घिमिरेको फेसबुकबाट

काठमाडौँ : घरमा सर्प पसेपछि अर्घाखाँचीको झन्द्रेक गाउँ आतंकित बनेको छ । पाणिनि गाउँपालिका ७ झन्द्रेकमा रहेको नरेन्द्रप्रसाद बन्जाडेको घरमा विषालु सर्प (किङ कोब्रा) पस्दा गाउँ आतंकित भएको हो । 

आइतबार दिउँसो घरमा पसेको सर्प सोमबारसम्म पनि निस्केको छैन । सर्प पसेपछि परिवारले घर छाडेका छन् । एउटा कोठामा सर्पलाई थुनेर राखिएको घटनास्थलमा रहेका पत्रकार रविन घिमिरेले जानकारी दिए । 


आइतबार दिउँसो पसेको सर्प धपाउने प्रयास गरिएपनि सफल नभएपछि उनीहरुले सर्प पसेको कोठा बन्द गरेका छन् । सोमबार बिहान नजिकै रहेको केही विज्ञले समेत सर्पको उद्धार गर्ने प्रयास गरेका थिए । तर त्यो प्रयास सफल नभएपछि अहिले प्रहरी समेत पुगेको पत्रकार घिमिरेले बताए ।

उनका अनुसार सर्पको उद्धारका लागि पाल्पाबाट विज्ञसहितको विशेष टोली आउने तयारीमा छ । कोब्रा जस्तो देखिने सर्प ठूलो र विषालु देखिएको पाणिनी बहुप्राविधिक शिक्षालयका वनविज्ञान प्रशिक्षक बिनोद जेठारा क्षेत्रीले जानकारी दिए । उनका अनुसार उद्धार गर्न खोज्दा सर्प आक्रामक देखिएकाले टोक्ने डरले मानिसहरुलाई जान दिइएको छैन ।

नयाँ र ठूलो देखिएपछि सर्प हेर्नेको भीड लागेको छ । 


Author

थप समाचार
x