जीप दुर्घटनामा युवकको मृत्यु
उदयपुर : कटारीबाट रुपाटार जाँदै गरेको जीप दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार जीप दुर्घटनामा मृत्यु हुने युवक ताप्ली-५ का २५ वर्षीय रमेश नेपाली रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए ।
कटारी बजारबाट ताप्लीको रुपाटार जाँदै गरेको प्रदेश २-०१००१-च -००५० नम्बरको बोलेरो जीप डुढेस्थित भित्री सडकखण्डको उकालोमा चढ्न खोज्दा चिप्लिएर दुर्घटनामा परेको प्रहरीले बताएको छ ।
नेपालीको शव परीक्षणका लागि कटारी अस्पतालमा राखिएको र फरार जीप चालकको प्रहरीले खोजी गरिरहेको पनि जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । (रासस)
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया