समाज

जिम क्लबमा साथीमाथि खुकुरी प्रहार

इकागज |
असार २९, २०७८ १०:४१ बजे

फाइल फोटो

तुल्सीपुर : दाङको तुलसीपुरमा आज बिहानै एक युवामाथि खुकुरी प्रहार भएको छ । बिहान करिब ६ः०० बजे तुलसीपुर उपमहानगरपालिका–९ दोघरेस्थित जिम क्लब नजिकै तुलसीपुर–५ रानीजरुवा निवासी २३ वर्षीय विशाल सुनारमाथि खुकुरी प्रहार भएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालका अनुसार दङ्गीशरण गाउँपालिका–५ लौवस्ता निवासी २५ वर्षीय निर्मल बस्नेतले खुकुरी प्रहार गरेका हुन् । खुकुरी प्रहार गर्दा सुनारको बाँया खुट्टाको तिघ्रामा काटेको छ । उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । खुकुरी प्रहार गर्ने बस्नेत भने फरार छन् । उनको खोजी गरिरहेको प्रहरी नायब उपरीक्षक रिजालले बताए । 


ADVERTISEMENT

उनीहरुबीच सोमबार पनि सामान्य विवाद हुँदा हातपातको स्थिति आएको थियो । पातुखोला नजिकको पुलमा हातपात हुँदा विशालको हातमा चोट लागेको थियो । हातमा चोट लागेका विशालले हिजै इलाका प्रहरी कार्यालय तुलसीपुरमा जाहेरी दिएका थिए । रासस 
 



Author

थप समाचार