समाज

उपत्यकामा १० दिन निषेधाज्ञा थपियो (के-के खुल्छ विवरणसहित)

इकागज |
साउन १०, २०७८ आइतबार १७:८ बजे

काठमाडौँ - काठमाडौँ उपत्यकामा पुनः १० दिन निषेधाज्ञा थपिएको छ । आइतबार उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यलय प्रमुख संयुक्त बैठकले निषेधाज्ञा थप्ने निर्णय गरेको हो । अघिल्लो पटक थपिएको निषेधाज्ञा आज राति १२ बजे सकिँदैछ ।

सोमबारदेखि जारी हुने थप १० दिनको निषेधाज्ञामा कुनै पनि प्रकारका सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लबलगायत मानिसहरू भिडभाड हुने कार्यक्रमहरू सञ्चालन गराउन पाइने छैन।


खुला स्थानमा मानिसहरू भेला जम्मा हुन, भिडभाड गर्न, सभा जुलुस, जात्रा, महोत्सव, भोज गर्न नपाइने प्रशासनले जनाएको छ। शैक्षिक संस्थाहरू पनि अहिले भौतिक उपस्थितिमा पठनपाठन गर्न अनुमति दिइएको छैन । स्थानीय ढुवानी बिहान ९ देखि ११ बजेसम्म र अपरान्ह ४ देखि ७ बजेसम्म सञ्चालन गर्न पाइने छैन ।

 


Author

थप समाचार
x