समाज

महाकालीमा धामी बेपत्ता प्रकरण

सत्यतथ्य छानबिन गरेर प्रतिवेदन बुझाउन सचिवलाई गृहमन्त्रीको निर्देशन

इकागज |
साउन १५, २०७८ शुक्रबार २०:३७ बजे

फाइल फोटो

काठमाडौँ - गृहमन्त्री बालकृष्ण खाणले गृहसचिव महेश्वर न्यौपानेलाई दार्चुलाको व्यास गाउँपालिका–२ मालघाटबाट महाकाली नदीमा बेपत्ता भएका ३५ वर्षीय जयसिंह धामीबारे सत्यतथ्य छानविन गरेर प्रतिवेदन पेस गर्न निर्देशन दिएका छन् ।

मन्त्री खाणले मन्त्रालयका प्रवक्ता गृह मन्त्रालयका प्रवक्ता झविन्द्रमणि पोखरेल, नेपाल प्रहरीका सुदूरपश्चिम प्रहरी प्रमुख डीआइजी र दार्चुलाको सहायक प्रमुख जिल्ला अधिकारीलाई  समेत सहभागी गराएर छानविन गर्न निर्देशन दिएका हुन् । उनीहरूलाई गृहमन्त्री खाणले जतिसक्दो छिटो सत्यतथ्य छानबिन गरेर प्रतिवेदन पेश गर्न निर्देशन दिएका छन् ।


शुक्रबार दिउँसो  महाकाली नदी तर्ने क्रममा तुइन चुडिएर दार्चुलाका ३५ वर्षीय धामी बेपत्ता भएको समाचार आएको थियो । तुइन चढेर नदी पार गर्दै भारत जान एसएसबीले रोक लगाएपनि लुकिछिपी स्थानीय तुइन तर्ने गरेका थिए ।  

सामान लिन भारतको बाटो हुँदै गइरहेका पाँच जनामध्ये जयसिंह अन्तिमपटक तर्दै गर्दा तुइनको डोरी एसएसवीले काटिदिएको प्रत्यक्षदर्शीले बताएका छन् । सो घटनापछि आक्रोशित स्थानीयले घटनाको छानबिन, पीडितलाई राहत र दोषीलाई कारबाही गर्न माग गरेका थिए । 

र, यो पनि 
 


Author

थप समाचार
x