समाज

बाढीले माथिल्लो चमेलियाको ड्याम साइटमा क्षति पुर्‍यायो

इकागज |
भदौ १४, २०७८ सोमबार २०:९ बजे

कैलाली - चमेलिया नदीमा आएको बाढीले अपि पावर कम्पनीले निर्माण गरिरहेको माथिल्लो चमेलियाको ड्याम साइडमा क्षति पुर्‍याएको छ । निर्माणाधीन ४० मेगावट क्षमताको जलविद्युतको ड्याम क्षेत्रमा बाढीले क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । 

अपि गाउँपालिकाको ओखल नजिकै निर्माण भइरहेको ड्याम क्षेत्रमा पूरै बालुवा, माटो भरिनुका साथै निर्माणस्थलमा रहेका स्काभेटर, टयाक्टर र निर्माण सामग्रीमा क्षति पुगेका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक  (डिएसपी) मनोहर प्रसाद भट्टले जानकारी दिए ।


त्यस्तै अपि हिमाल गाउँपालिकामा बाढिले दुईवटा झोलुङ्गे पुल बगाएको छ । आइतबार राती आएको अविरल वर्षाका कारण अपिहिमाल १ ककनाडी र ६ चौकीबगाडमा रहेको झोलुङ्गे पुल बगाएको डिएसपी भट्टले जानकारी दिए । पुल बगाए पछि स्थानीयलाई आवतजावत मै समस्या भएको छ ।


Author

थप समाचार
x