समाज

मनहरा नदीमा बेपत्ता भएका दुई बालक मृत फेला

इकागज |
भदौ १९, २०७८ शनिबार ११:५९ बजे

कैलाली-गोदावरी नगरपालिका–१ मा पर्ने मनहरा नदीमा शुक्रबार बेपत्ता भएका दुई बालक मृत फेला परेका छन । गोदावरी–१ का १० वर्षीय योगेन्द्र थापा र १४ वर्षीय आयुग थापा मृत फेला परेका प्रहरीले जानकारी दिएको छ ।

शुक्रबार दिउँसो निर्माणाधीन गेटा मेडिकल कलेज नजिकै रहेको मनहरा नदीमा नुहाउने क्रममा उनीहरू बेपत्ता भएका थिए । नदीमा बेपत्ता भएका दुई बालकको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले शुक्रबार राति करिब ११ बजेतिर मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए ।



Author

थप समाचार
x