समाज

सडक भासिँदा जयपृथ्वी राजमार्ग अवरुद्ध

इकागज |
भदौ २५, २०७८ शुक्रबार १२:२९ बजे

फाइल तस्‍बिर

कैलाली - सडक भासिँदा जयपृथ्वी राजमार्ग शुक्रबार बिहानदेखि अवरुद्ध भएको छ । बझाङको सदरमुकाम चैनपुरदेखि सिमखेत जोड्ने राजमार्गको जयपृथ्वी नगरपालिका–९ स्थित सिमखेतमा सडक भासिँदा सवारीसाधन आवागमन अवरुद्ध बनेको हो ।

सदरमुकाम चैनपुर भित्रिएका सवारी साधनहरु राजमार्ग अवरुद्ध हुँदा सदरमुकाममै रोकिएका छन् । सदरमुकाम चैनपुरबाट सिमखेतलगायत अन्यन्त्र जाने सवारीहरू रोकिएका छन् । राजमार्ग खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए ।



Author

थप समाचार
x