समाज

कैलालीमा मतदाता नामावली संकलन विशेष कार्यक्रम सञ्चालन गर्ने आयाेगकाे भनाइ

इकागज |
मंसिर १३, २०७८ सोमबार २०:४४ बजे

धनगढी - निर्वाचन आयोगले कैलालीमा मतदाता नामावली संकलन विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ । काेभिड  संक्रमणको जोखिममा कमी आएसँगै आयोगले यसै महिनादेखि कैलालीमा मतदाता नामावली संकलनसम्बन्धी विशेष कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

जिल्लाका दसवटा स्थानीय तहमा पुगेर दुई चरणमा मतदाता नामावली संकलनसम्बन्धी विशेष कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको आयोगले जनाएको छ । मंसिर १७ देखि आगामी पुस २ गतेसम्म सञ्चालन हुने पहिलो चरणको कार्यक्रममा जिल्लाको कैलारी, बर्दगोरिया, चुरे र जोशीपुर गाउँपालिका तथा गोदावरी नगरपालिकामा मतदाता नामावली संकलन गर्ने कार्यक्रम रहेको छ । 


यस्तै आगामी पुस ४ देखि १८ गतेसम्म सञ्चालन हुने दोस्रो चरणको कार्यक्रममा लम्कीचुहा, गाैरीगंगा र भजनी नगरपालिका तथा जानकी र मोहन्याल गाउँपालिकामा मतदाता नामावली संकलन गरिनेछ ।

जिल्लाका बाँकी तीन स्थानीय तह धनगढी उपमहानगरपालिका, घोडाघोडी र टीकापुर नगरपालिकामा हाल यो कार्यक्रम सञ्चालन नहुने जनाइएको छ । जिल्ला प्रशासन कार्यालय कैलाली, घोडाघोडी नगरपालिका र टीकापुरमा रहेको इलाका प्रशासन कार्यालयमार्फत नियमित रुपमा मतदाता नामावली संकलन भइरहेको छ ।
 


Author

थप समाचार
x