प्रमुख समाचार

रुस–युक्रेन युद्ध : महिला र बालबालिकाको मानव अधिकार उल्लंघन विरुद्ध प्रदर्शन

रुस-युक्रेन-युद्ध-महिला

इकागज |
फागुन २४, २०७८ मंगलबार १८:६ बजे

काठमाडौं–रुसले युक्रेनमाथि गरेको आक्रमणका कारण भएको महिला र बालबालिकाहरुको मानव अधिकार उल्लङ्घनको विरोधमा प्रदर्शन गरेको छ। अन्तराष्ट्रिय नारी दिवसकाे अवसरमा मानव अधिकार तथा शान्ति समाजले बुटवलमा विरोध प्रदर्शन गरेको हो ।

बुटवलमा भएको विरोध प्रदर्शमा रुसलाई तत्काल युद्ध रोकी शान्तिको अधिकारको सम्मान गर्न आग्रह गरिएको थियो । प्रदर्शनमा बोल्दै शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनालले युक्रेनमाथि रुसी आक्रमणका कारण लाखौ विस्थापित एवं शरणार्थी भएको, हजारौ मारिएका, महिला र बालबालिकाको व्यापक मानव अधिकार उल्लंघन भएको बताउँदै मानव अधिकार उल्लंघनको यो कहालिलाग्दो सिलसिला अन्त्य गर्न तत्काल रुसले युद्ध रोक्नुपर्नेमा जोड दिए ।

प्रदर्शनमा शान्ति समाजका सचिव मिना ढकाल, पूर्व केन्द्रीय सदस्य अञ्जु गौतम, रुपन्देही शाखा सभापति डिपी खनाल, सचिव कपिल ज्ञवाली लगायत दर्जनौ शान्तिवादीहरुको सहभागिता थियो ।



Author

थप समाचार
x