समाज

अछामका दुई ठाउँमा मतदान स्थगित

इकागज |
बैशाख ३०, २०७९ शुक्रबार १४:५० बजे

फाइल तस्वीर

अछाम – अछामका दुई ठाउँमा मतदान स्थगित भएको छ।

पञ्चदेवल विनायक नगरपालिका-५ लयाटीमा स्वतन्त्र उम्मेदवार पक्ष र कांग्रेस माओवादी गठबन्धनका उम्मेदवारबीच झडप भएपछि मतदान स्थगित भएको हो।


लयाटीमा भएको झडपमा मतपेटिका तोडफोड गरेर मतपत्र च्यातिएका छन् भने चारजना घाइते भएका छन्।

यस्तै साँफेबगर नगरपालिका- १३ बाब्लामा पनि मतदान स्थगित भएको छ। कांग्रेस-नेकपा एकीकृत समाजवादी गठबन्धन र नेकपा एमालेका कार्यकर्ताबीच विवाद भएको हो। 

मतदान सञ्चालन गर्ने विषयमा अहिले सर्वदलीय बैठक बसिरहेको छ।


Author

थप समाचार
x