खेलकुद

कतार विश्वकप

गोल्डेन बुट दाबेदार : एम्बाप्पे सबैभन्दा अगाडि, मेसी र ओलिभर पछ्याउँदै

इकागज |
मंसिर २७, २०७९ मंगलबार ७:१८ बजे

काठमाडौं - कतार विश्वकप २०२२ को ६४ मध्य ६० खेल पुरा भइसकेको छन् । प्रतियोगिता अन्त्यतिर आइपुग्दा रोमाञ्चकता झन् झन् बढ्दै गइरहेको छ । अर्जेन्टिना, क्रोएसिया, फ्रान्स र मोरक्को अन्तिम दुईका लागि प्रतिस्पर्धा गर्दैछन् । 

प्रतियोगितामा तीन खेलाडीबीच सर्वाधिक गोलकर्ताले प्राप्त गर्ने ‘गोल्डेन बुट’ का लागि प्रतिस्पर्धा चलिरहेको छ । हाल ‘गोल्डेन बुट’ दौडमा केलियन एम्बाप्पे शीर्ष स्थानमा रहँदा एम्बाप्पेलाई लियोनल मेसी र ओलिभर जिरौउडले पछ्याइरहेका छन् ।


केलियन  एमबाप्पे–पाँच गोल
फ्रान्सका स्ट्राइकर किलियन एमबाप्पे पाँच गोलसहित अग्रस्थानमा छन् । पेरिस सेन्ट जर्मन (पिएसजी) बाट व्यवसायिक फुटबल खेल्ने एमबाप्पे जारी विश्वकपका उत्कुष्ट लयमा देखिएका छन् । समूह चरणमा डेनमार्कविरुद्ध दुई तथा अष्ट्रेलियाविरुद्ध एक गोल गरेका एम्बाप्पेले अन्तिम १६ मा पोल्यान्डविरुद्ध दुई गोल गरेका थिए । एमबाप्पेले दुई गोलका लागि अवसर पनि सिर्जना गरेका छन् ।

लियोनेल मेसी–चार गोल
लियोनेल मेसीको कप्तानीमा अर्जेन्टिना १९८६ पछि पहिलोपटक विश्वकप जित्ने अभियानमा छ । आफ्नो खेल जिवनको अन्तिम विश्वकप खेलिरहेका मेसीले उत्कृष्ट लयलाई कामय राख्दै चार गोल गरेका छन् । पिएसजीका स्ट्राइकर मेसीले समूह चरणमा साउदी अरेबिया र मेक्सिको, अन्तिम १६ मा अष्ट्रेलिया र क्वार्टरफाइनलमा नेदरल्यान्ड्सविरुद्ध समान एक गोल गरेका थिए । मेसीले दुई गोलका लागि अवसर पनि सिर्जना गरेका छन् । 

ओलिभर जिरौउड–चार गोल
फ्रान्सका सर्वाधिक गोलकर्ता ओलिभर जिरौउडले जारी विश्वपकपमा चार गोल गरेका छन् । एसी मिलानको स्ट्राइक जिरौउडले समूह चरणमा अष्ट्रेलियाविरुद्ध दुई तथा अन्तिम १६ मा पोल्यान्ड तथा क्वार्टरफाइनलमा इङ्ल्यान्डविरुद्ध समान एक गोल गरेका थिए । करिम बेन्जेमा घाइते भएपछि टोलीमा अवसर पाएका जिरौउडले जारी विश्वपकमा आफूलाई प्रमाणित गर्न सफल भए ।
 


Author

थप समाचार
x