खेलकुद

आईपीएलमा 'स्मार्ट रिप्ले सिस्टम' लागू

इकागज |
चैत ७, २०८० बुधबार ११:० बजे

काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल) को यस सिजनमा 'स्मार्ट रिप्ले सिस्टम' लागू हुने भएको छ ।

निर्णयको शुद्धता र गति बढाउने उदेश्यले यस सिजनको आईपीएलमा स्मार्ट रिप्ले सिस्टम लागू गरिएको क्रिकइन्फोले जनाएको छ ।


स्मार्ट रिप्ले सिस्टमअन्तर्गत टिभी अम्पायरले अम्पायरकै रुपममा बसिरहेका दुई 'हक-आइ' अपरेटरहरूबाट सीधै आठवटा 'हाइ-स्पीड' क्यामेराहरूद्वारा खिचिएका तस्बिरहरू प्राप्त गर्न सक्नेछन् ।

अहिलेसम्म तेस्रो अम्पायर र हक–आइ अपरेटरहरू बीचमा सम्बन्ध जोड्ने काम गरिरहेका टिभी प्रसारण निर्देशक अब यस नयाँ प्रणालीमा संलग्न नहुने क्रिकइन्फोले उल्लेख गरेको छ ।

उक्त प्रणालीका लागि बीसीसीआईले गत आइतबार र सोमबार अम्पायरहरुबीच वर्कशप आयोजना गरेको थियो ।

यस सिजनको आईपीएल मार्च २२ तारिखबाट सुरु हुने तालिका रहेको छ ।


Author

थप समाचार
x