खेलकुद

ओलम्पिकमा पदक विजेताका लागि नगद पुरस्कार घोषणा गर्ने वर्ल्ड एथलेटिक्स बन्यो पहिलो संस्था

इकागज |
चैत २८, २०८० बुधबार १६:५४ बजे

काठमाडौँ- यसै वर्ष फ्रान्सको पेरिसमा आयोजना हुने ओलम्पिकमा एथलेटिक्स विधामा स्वर्ण जित्ने खेलाडीले नगद पुरस्कार पाउने भएका छन् ।

वर्ल्ड एथलेटिक्सले बुधबार ओलम्पिकमा स्वर्ण विजेतालाई ५० हजार अमेरिकी डलर प्रदान गर्ने घोषणा गरेको आईएएनएसले जनाएको हो ।


ओलम्पिक गेम्सका पदक विजेतालाई नगद पुरस्कार घोषणा गर्ने वर्ल्ड एथलेटिक्स पहिलो खेलकुद अन्तर्राष्ट्रिय संस्था बनेको हो ।

पेरिस ओलम्पिक गेम्समा एथलेटिक्सतर्फको ४८ विधाका स्वर्ण पदक विजेताले जनही ५० हजार डलर प्राप्त गर्ने भएका हुन् ।

रिले विधामा पनि ५० हजार डलर प्रदान गरिने छ र त्यसलाई टिममा सहभागी खेलाडीमा वितरण गरिने भएको छ ।

पेरिस ओलम्पिकअन्तर्गत एथलेटिक्स अगस्ट १ तारिखबाट सुरु हुने तय भएको छ ।

सन् २०२८ मा हुने ओलम्पिक गेम्समा भने स्वर्णसँगै रजत र कास्य विजेतालाई पनि नगद प्रदान गर्ने वर्ल्ड एथलेटिक्सले योजना बनाएको छ ।


Author

थप समाचार
x