खेलकुद

अफ्रिका कप अफ नेसन्स:

गाम्बिया र क्यामरुन क्वाटरफाइनलमा

इकागज |
माघ ११, २०७८ मंगलबार ६:५८ बजे

काठमाडौँ - गाम्बिया र क्यामरुन  अफ्रिका कप अफ नेसन्स फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । सोमबार राति भएको खेलमा घरेलु टोली क्यामरुनले १० खेलाडीमा सिमित कोमोरोसलाई २-१ ले पराजित गर्यो ।

जितसंगै क्यामरुनले अन्तिम आठमा गाम्बियासंगको भेट पक्का गरेको छ । गएराति नै भएको खेलमा गाम्बियाले गिनीलाई १-० ले पराजित गर्यो । 


गाम्बियाको जितमा मुसा बारोले खेलको ७१औं मिनेटमा  निर्णायक गोल गरे । खेलमा दुबै टोली १० खेलाडीमा सिमित थिए । 

अब शनिबार हुने क्वाटरफाइनलमा यी दुई टोली भिड्नेछन् । 


Author

थप समाचार
x