पर्यटन

एक लाखमा बिक्री भए पर्यटकीयस्थलका फोटो

इकागज |
चैत २१, २०७७ शनिबार १०:४७ बजे

तनहुँ : आन्द्राको क्यान्सर भएर उपचाररत दमौलीका फोटोग्राफर विकास दरैको सहयोगार्थ गरिएको फोटो प्रदर्शनीका क्रममा शुक्रबार एक लाख रुपैयाँमा फोटो बिक्री भएको छ । 

व्यास नगरपालिका-४ निवासी फोटोग्राफर दरैले खिचेको धार्मिक, ऐतिहासिक, सांस्कृतिक एवं पर्यटकीय स्थललगायतका फोटो सदरमुकाम दमौलीस्थित अनसन चौतारीमा प्रदर्शनीमा राखिएको छ । 


प्रदर्शनीमा राखिएका एउटा फोटोको दुई हजार रुपैयाँ मूल्य कायम गरिएको पत्रकार युवराज भण्डारीले जानकारी दिए । व्यावसायिक फोटोग्राफर तथा सङ्गीतमा समेत सक्रिय दरैको हाल भारतमा उपचार भइरहेको छ ।

क्यान्सरका कारण तीन वर्षयता थलिएको उनको उपचार खर्च जुटाउन उनका शुभेच्छुकले साङ्गीतिक कार्यक्रममार्फत आर्थिक सङ्कलन गर्दै आएका हुन् । दरैले खिचेका फोटो हेर्न आएका सर्वसाधारणको भीड लाग्ने गरेको छ भने फोटो अवलोकनपश्चात् मन परेका फोटो खरिद गरेर लैजाने गरेको भण्डारीले बताए । रासस 


Author

थप समाचार
x