पर्यटन

६ महिनामा ४ लाख ७६ हजार बढी पर्यटकले नेपाल घुमे

इकागज |
असोज ११, २०८० बिहीबार १८:४३ बजे

फाइल फोटो

काठमाडौँ - विश्व पर्यटन दिवस सन्दर्भमा नै एकै पटक ७२३ भारतीय धार्मिक पर्यटक नेपाल आएका छन् । 

नेपालका धार्मिक तीर्थस्थलमा दर्शनको लागि एकैपटक ७२३ भारतीय धार्मिक पर्यटकहरू नेपाल आएका हुन् । उनीहरू लुम्बिनीमा जानकी मन्दिरको दर्शन पछि असोज ९ गते मंगलबार काठमाडौं आएका हुन् । ७२३ भारतीय धार्मिक पर्यटकहरूले पशुपति दर्शन तथा ललितपुरको पाटन दरबार स्क्वायर र भक्तपुर दरबार स्क्वायरको समेत अवलोकन गरेका छन् । भारतीय धार्मिक पर्यटकहरू नेपालका प्रसिद्ध धार्मिक स्थलको अवलोकन गर्ने छन् । भारतीय धार्मिक पर्यटकलाई भारतको धनश्याम ट्राभल मार्फत नेपालका प्रसिद्ध धार्मिक स्थलहरू लुम्बिनी,जनकपुरको जानकी मन्दिर,पशुपतिनाथ,काठमाडौं उपत्यकाका विभिन्न स्थान,पोखरा, मनकामना हुँदै मुक्तिनाथसम्म जाने तयारी उनीहरूको रहेको छ  । यसअघि सात सय बढी बङ्गलादेशी पर्यटकहरू चार्डड जहाजबाट नेपाल भ्रमणका लागि आएका थिए । त्यसपछिको सबैभन्दा बढी स्थल मार्गमार्फत भारतीय नागरिकको टोली नेपाल भ्रमणका लागि आएका हुन् । भारतीय धार्मिक पर्यटक व्यवस्थापन काठमाडौंका विभिन्न होटलहरूमा गरिएको एयरपोर्ट होटलका प्रबन्ध निर्देशक रामप्रसाद सापकोटाले बताए । उनले ७२३ भारतीय पर्यटकहरूमा भारतमा नै बसोवास गर्ने भन्दा पनि भारतबाट अमेरिका लगायतमा गएर बस्ने नागरिकहरू रहेको बताए । उनले नेपालका धार्मिक पर्यटकीय क्षेत्रहरूलाई विश्वमा चिनाउने काम गर्ने बताए । उनले धार्मिक तथा अन्य पर्यटकहरू वृद्धि गर्नको लागि राज्यले प्राथमिकता दिएर सडकहरूलाई सुधार गर्न आवश्यक रहेको बताए । उनले अहिले पर्यटकहरूको लागि सबैभन्दा सडक मार्गको असुविधा रहेको भन्दै सुधार गर्न माग गरे । उनले नेपालमा धार्मिक पर्यटक वृद्धि गर्नको लागि निजी क्षेत्र सधैं लागि रहेको भन्दै भारतीय ७२३ जना पहिलो भएको बताए । उनले नेपालमा धार्मिक पर्यटक वृद्धि गर्नसके होटल क्षेत्रको लागि राम्रो हुने बताए । 


त्यस्तै,भारतीय धार्मिक पर्यटक राजेन्द्र ठकरले ७२३ यात्रुहरुलाई लिएर नीलकण्ठमणि यात्रामा नेपालमा सबै प्रसिद्ध धार्मिक स्थलहरूको दर्शन गर्न आएको बताए । उनले नेपाल प्राकृतिक र धार्मिक रुपमा सुन्दर रहेको पाएको बताए । उनले नेपालमा १३ दिनको धार्मिक यात्राको लागि आएको बताए । उनले नेपाल पर्यटकीय हिसाबमा धेरै राम्रो रहेको बताए । उनले भारतदेखि ५२ वटा सवारी साधनमा यात्रुहरु रहेको बताए । 

नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२३ को ६ महिनाको अवधिमा कुल पर्यटक आगमन ४ लाख ७६ हजार ४८१ जना आएका छन् भने पछिल्लो एक महिनामा ६७ हजार १५३ जना पर्यटक नेपाल आएका छन् । यो महिनामा सबैभन्दा धेरै पर्यटक भारतबाट आएका छन् । भारतपछि चीन र अमेरिकाबाट धेरै पर्यटक नेपाल आएका छन् । यो महिनामा नेपाल भ्रमण गर्ने भारतीयको संख्या २६ हजार ६६५ रहेको छ । 

 


Author

थप समाचार
x