पर्यटन

धरानमा विमानस्थल निर्माणका लागि सम्भाव्यता र अध्ययन गर्न प्राधिकरणले तीन टोली सदस्यीय गठन गर्‍यो

इकागज |
कात्तिक २३, २०८० बिहीबार १४:३४ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाल नागरिक उड्डयन प्राधिकरणले धरान उपमहानगरपालिकामा विमानस्थल निर्माण गर्न अध्ययन तथा सम्भाव्यताका लागि तीन सदस्यीय टोली गठन गरेको छ ।

प्रबन्धक इञ्जिनियर नल बिक्रम थापा संयोजक प्रबन्धक,  अनिल बस्नेत  सदस्य र वरिष्ठ अधिकृत, विमल खनालसहितको टोलीलाई विमानस्थल निर्माणका लागि सम्भावना तथा अध्ययनका लागि तीन सदस्य टोली बनाएको छ ।


प्राधिकरणले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको निर्देशानुसार धरान उपमहानगरपालिकाले विमानस्थल निर्माणको लागि सम्भाव्यता अध्ययन गर्न तीन सदस्यीय कमिटी गठन गरेको हो ।

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले केहीदिन अघि मन्त्री किरातीलाई पर्यटन मन्त्री ज्यूलाई रियल काम गर्नुपर्छ भनेर आग्रह गरेका थिए ।

मेयर राइले भनेका थिए,’ माननीय पर्यटन मन्त्री ज्यु, अब रियल काम गर्नु पर्छ है । धरानमा एयरपोर्ट बनाउनै पर्छ । जसरी भए पनि यतिले आरोप लाएको । सरकारले चासो दिएन त्यसैले बनाउन सकिएन।‘


Author

थप समाचार
x