पर्यटन

पाथीभरा मन्दिरमा संकलन भएको १७८ तोला सुन समितिले बिक्री गर्ने

इकागज |
फागुन २१, २०८० सोमबार १४:४ बजे

काठमाडौँ- ताप्लेजुङको पाथीभरा मन्दिरमा संकलन भएको सुनचाँदी पाथीभरा क्षेत्र विकास समितिले बिक्री गर्ने भएको छ । समितिले सूचना जारी गर्दै १७८ तोला ८२ लाल सुन र चाँदी ५ हजार २९८ तोला १२ लाल बिक्री गर्ने गरी बोलपत्र आव्हान गरेको छ ।

समितिले जारी गरेको सूचनामा लिलाम बिक्रीमा भाग लिन चाहनेले सुनको तोलामा न्यूनतामा १ लाख २१ हजार  र चाँदीको तोलामा १ हजार ४१० रुपैयाँ पेश गर्नुपर्ने उल्लेख छ।


इच्छुक फर्म वा व्यक्तिले सूचना जारी गरेको २१ दिनभित्रमा बोलपत्र आव्हान गरि सक्नुपर्ने छ । लिलाम बिक्रीको सामान बुझ्न चाहने वा हेर्न चाहनेले फागुन २० देखि चैत ८ गतेसम्म विदाको दिन ११ बजेदेखि २ बजेसम्म कार्यालयमा सम्पर्क गर्न सक्नेछन् ।

लिलाम बिक्रीमा भाग लिन चाहने नेपालीले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि स्वयंले पेश गर्नु पर्नेछ । इच्छुक फर्म वा कम्पनीले आफ्नो कम्पनीको प्रमाणपत्र र नवीकरण भएको प्रमाण बुझाउनुपर्ने छ ।


Author

थप समाचार
x