पर्यटन

महिनामै आए १ लाख २० हजार बढी पर्यटक,भारतीय सबैभन्दा धेरै

इकागज |
चैत १९, २०८० सोमबार १२:५६ बजे

काठमाडौँ- एक महिनामै एक लाख २८ हजारभन्दा बढी पर्यटक नेपाल भित्रिएका छन् । सन् २०२४ को तेस्रो महिना अर्थात् मार्चमा एक लाख २८ हजार १६७ विदेशी पर्यटक नेपाल भित्रिएका हुन् ।   

नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२३ को सोही अवधिको तुलनामा यस वर्षको जनवरीमा २८ हजारले बढी पर्यटक भित्रिएका हुन् । गत वर्षको मार्च महिनामा ९९ हजार ४२६ जना विदेशी पर्यटक नेपाल आएका थिए ।  


सन् २०२४ को मार्चमा सबैभन्दा बढी भारतीय पर्यटक ३० हजार ६९८ जना नेपाल आएका छन् । त्यस्तै, यस महिना चिनियाँ पर्यटक १२ हजार ९३ जना आएका छन् भने अमेरिकी पर्यटक १० हजार ७६३ र युकेबाट ७ हजार २४१ जना पर्यटक नेपाल आएका छन् ।  

मार्च महिनामा श्रीलंकाबाट ५ हजार ७४१, जर्मनबाट ५ हजार २५५, थाइल्याण्डबाट ४ हजार ५६७, अष्ट्रेलियाबाट ४ हजार ३४५, फ्रान्सबाट ३ हजार २४० जना र म्यानमारबाट ३ हजार १३१ जना विदेशी पर्यटक नेपाल आएका छन् । 

 

 


Author

थप समाचार
x