पर्यटन

विदेशी पर्यटकलाई शान्ति सुरक्षा प्रदान गरी २४ घण्टा दरबारमार्ग र ठमेल खुला हुने

इकागज |
चैत २९, २०८० बिहीबार १६:४२ बजे

काठमाडौं- नयाँ वर्ष वैशाख १ गते देखि दरबारमार्ग र ठमेल क्षेत्रलाई २४ सै घण्टा खुल्ला गराउने व्यवसायीहरूले घोषणा गरेका छन् । 

बिहीबार ठमेल पर्यटन विकास परिषद् र दरबारमार्ग विकास बोर्डले पत्रकार सम्मेलन गर्दै ठमेल र दरबारमार्ग क्षेत्र २४ सै घण्टा सञ्चालन हुने घोषणा गरेका हुन् । 


गृह मन्त्रीको सकृयतामा जिल्ला प्रशासन कार्यालय काठमाण्डौंले बनाएको आचारसंहिता बमोजिम कानुनको परिधि भित्र रहि दरबारमार्ग र ठमेल २४ सैं घन्टा व्यवसाय संचालन गराउन चालेको कदमलाई सकारात्मक रूपमा लिएको परिषद् र बोर्डको भनाइ छ । 

यद्यपि ठमेल भगवान बहाल क्षेत्र भित्रका व्यवसायीले २४ घन्टा व्यवसाय संचालन गराउन नपाउने ठमेल पर्यटन विकास परिषदले जनाएको छ ।

ठमेलको भगवान बहालमा स्थानीयको बसोबास भएकाले १० बजेदेखि ६ बजेसम्मे व्यवसाय सञ्चालन गर्न नसकिने ठमेल पर्यटन बोर्डका अध्यक्ष भविश्वर शर्माले बताए । 

शर्माले भने, 'ठमेलको भगवा बाहालमा स्थानीयहरूले सुरक्षित महसुस नगरेसम्म त्यहाँ व्यवसाय सञ्चालन गर्नमा रोक लगाएका छौ। त्यसमा गृह मन्त्रालयले पनि स्वीकृति दिइसकेको छ । भगवान बाहललाई केही समयपछि पूर्ण रूपमा २४ सै घण्टा सञ्चालनमा ल्याइने छ ।'

विदेशी पर्यटकलाई शान्ति सुरक्षा प्रदान गरि २४ घण्टा व्यवसाय सञ्चालन गर्न सकिने उनले बताए ।
 


Author

थप समाचार
x