पर्यटन

विद्यूतीय बसबाट गुण एयरलाइन्सकाे सेवा

आन्तरिक उडानमा इलेक्ट्रिक बस प्रयोग गर्ने पहिलो एयरलाइन्स कम्पनी

इकागज |
असोज ३, २०७८ आइतबार २२:५५ बजे

काठमाडौँ - गुण एयरलाइन्सले आन्तरिक उडानमा पहिलोपटक विद्युतीय बस प्रयोग गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई वातावरण अनुकुल बनाउने उद्धेश्यले गुण एयरलाइन्सले दुई वटा विद्युतीय बसको प्रयोग सुरु गरेको हो ।

शुक्रबारदेखि उडान सुरु गरेको गुण एयरलाइन्स आन्तरिक उडानमा विद्युतीय बस प्रयोग गर्ने पहिलो उड्डयन कम्पनी हो । दुई वटा बिचक्राफ्ट र थप गरिएको पाँच वटा जेट्स्ट्रीमसहित कुल सात वटा जहाजबाट शुक्रबारदेखि उडान थालेको गुणले भरतपुर र पोखरापछि अरु विभिन्न गन्तव्यमा उडान थाल्ने तयारी गरिरहेको छ । 


एयरलाइन्सका प्रवक्ता एवम बजार तथा बिक्रि प्रमुख प्रज्वल थापाले केही दिनमा नै सिमरा, भैरहवा, तुम्लिङटार, जनकपुर, नेपालगन्ज, सुर्खेत र विराटनगरका लागि उडान भर्नेगरि तयारी भइरहेको बताए । 


Author

थप समाचार
x