विश्व

अफगानिस्तानमा शक्तिशाली भूकम्प : भारत र पाकिस्तानमा पनि धक्का

इकागज |
चैत ८, २०७९ बुधबार ९:२ बजे

पाकिस्तानको लाहोरमा भूकम्पको धक्का महसुस भएपछि मानिसहरू रेस्टुरेन्टबाट बाहिर निस्किए । तस्बिर : रोयटर्स

नयाँ दिल्ली- भारतको राजधानी नयाँ दिल्लीसहित उत्तर भारतभर शक्तिशाली भूकम्पको धक्का महसुस भएको छ ।  

भारतीय सञ्चारमाध्यमका अनुसार अफगानिस्तानको फैजावाद केन्द्रबिन्दु भएर गएको ६.६ म्याग्निच्युडको भूकम्पको धक्का राजधानी नयाँ दिल्लीमा पनि महसुस गरिएको हो ।  


भारतीय भूगर्भविभागका अनुसार मंगलबार राति १०:१७ मिनेटमा भूकम्पको झड्का महसुस भएको थियो। 

भूकम्पबाट भएको क्षतिबारे हालसम्म कुनै जानकारी प्राप्त भएको छैन । रातको समयमा भूकम्प गएसँगै प्रभावित क्षेत्रमा उद्दारकर्ता खटाउन लागिएको समाचारमा जनाइएको छ।

त्यसैगरी पाकिस्तानमा पनि भूकम्पको धक्का महसुस गरिएको छ ।


Author

थप समाचार
x