विश्व

किसानको आव्हानमा आज भारत बन्द

इकागज |
फागुन ४, २०८० शुक्रबार ११:१० बजे

काठमाडौं - भारतीय किसानले शुक्रबार देशभर बन्द आव्हान गरेका छन् । संयुक्त किसान मोर्चासहितका किसान संगठनहरुले संयुक्त रुपमा ग्रामीण भारत बन्द आह्वान गरेकाले दिल्लीसहितका राज्यहरूमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । 

आफ्नो काम छाडेर सडकमा उत्रिएका किसानहरूले कृषि ऋण मिनाहा हुनुपर्ने, उत्पादनको उचित मूल्य पाउनुपर्ने, विगतका आन्दोलनका क्रममा किसानविरुद्ध चलाइएका मुद्दा फिर्ता लिनुपर्ने माग राखेका छन् । 


उनीहरुको आन्दोलनलाई कांग्रेस, कम्युनिष्ट लगायतका पार्टीले पनि समर्थन गरेका छन् । किसानहरूले यही १३ फेब्रुअरीदेखि ‘दिल्ली जाऔँ’ अभियान पनि सुरु गरेका थिए । 


Author

थप समाचार
x