विश्व

भारतमा धनी र गरिबबीचको खाडल गहिरिँदै , एक प्रतिशत धनाढ्यसँग देशको ४० प्रतिशत सम्पति

इकागज |
चैत १३, २०८० मंगलबार १०:३१ बजे

सांकेतिक तस्बिर

काठमाडाैँ -  भारतमा धनी र गरिबबीचको खाडल झनै बढेको अध्ययनहरूले देखाएको छ । 

सन् २०२३ को अन्त्यसम्मको तथ्यांकहरूलाई आधार मानेर गरिएको अनुसन्धानमा  भारतमा एक प्रतिशत अति धनी व्यक्तिहरूको स्वामित्वमा देशको ४०. १ प्रतिशत सम्पति रहेको पाइएको छ।


भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीले पदभार ग्रहण गरेपछि धनी र गरिबबीचको खाडल झनै तीव्र रूपमा फराकिलो भएको पनि उक्त अध्ययनले देखाएको छ। असमानताका मुद्दाहरूमा अनुसन्धान गर्ने फ्रान्सका प्रख्यात अर्थशास्त्री थोमस पिकेट्टी लगायतका विशेषज्ञहरूले गरेको अनुसन्धानका अनुसार, शीर्ष एक प्रतिशत अथवा करिब ९२ लाख मानिसहरूले कुल आयको २२. ६ प्रतिशत कमाउने गरेका छन्।

जुन सन् १९२० को दशक पछिकै सबै भन्दा ठुलो हिस्सा हो । उक्त प्रतिवेदनले विश्वको पाँचौं ठूलो अर्थतन्त्रका रुपमा उदाएको भारतमा गहिरिँदै गएको असमानतालाई, नव धनाढ्यहरुको अधीनमा रहेको अहिलेको भारतको अर्थतन्त्रले धनी र गरिब बीचको असमानता ब्रिटिस औपनिवेशिक युगको भन्दा पनि ठुलो भएको औंल्याएको छ।

विश्व असमानता अनुसन्धान केन्द्रले भारतमा अहिले पनि शैक्षिक अवसरहरूको अभाव जस्ता कारणले ठुलो हिस्सा कम आयस्रोतबाट माथि उठ्न असमर्थ रहेको जनाएको छ।


Author

थप समाचार
x